• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

ड्रोन र मेसिनको प्रयोगसहित खुमलटारमा मनाइयो राष्ट्रिय धान दिवस

ड्रोन र मेसिनको प्रयोगसहित खुमलटारमा मनाइयो राष्ट्रिय धान दिवस

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरको खुमलटारमा ड्रोनमार्फत मल छर्ने र मेसिनबाट धान रोप्ने प्रविधिको प्रयोग गर्दै २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले ड्रोनमार्फत खेतमा मल छरेर उद्घाटन गरेका थिए। कार्यक्रममा उनले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए। राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले नीतिगत व्यवस्था राम्रो भए पनि संरचनागत सुधारमा जोड दिनुपर्ने उल्लेख गर्दै किसान र नेपाल कृषि अनुसन्धान परिषद्बीच प्रभावकारी समन्वय तथा सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए। साथै, जलवायु अनुकूल र पोषणयुक्त धानको उत्पादन वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार