• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

सम्बन्धमा रहँदा खिचिएका नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद रहेका छन्। सम्बन्ध बिग्रिएपछि उनले ती निजी तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिँदै पीडित महिलालाई मानसिक दबाब दिएको आरोप छ। उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका निसादमाथि साइबर कसुर अन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार