काठमाडौं — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले सोमबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले असार १९ गते उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए। पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उपकुलपति थापाले भौतिक तथा मानवीय स्रोत–साधनका हिसाबले सक्षम तथा विश्वमा विशिष्ट पहिचान र गरिमा कायम गरेको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सबै सरोकारवालाको राय, सुझाव र सहयोगमार्फत अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।