• २०८३ असार ३० गते मङ्गलवार
  • Preeti To Unicode

निजगढमा मिटरब्याज पीडितसँग गृहमन्त्रीको संवाद

निजगढमा मिटरब्याज पीडितसँग गृहमन्त्रीको संवाद

जनकपुरधाम जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्। गृहमन्त्री बिहानै भेट्न आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र मिटरब्याज पीडितबीच उनीहरूको माग तथा समस्याको समाधानका विषयमा संवाद भइरहेको छ। मिटरब्याज पीडितका नेता मनोज पासवानका अनुसार उक्त संवाद उनीहरूले राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभाहलमा जारी छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार