चितवनमा ८९ जना अझै बेपत्ता, तीन वर्षयता बेपत्ता हुनेको संख्या बढ्दो

चितवनमा ८९ जना अझै बेपत्ता, तीन वर्षयता बेपत्ता हुनेको संख्या बढ्दो

चितवनमा गत आर्थिक वर्षमा बेपत्ता भएका ७६४ जनामध्ये ६७५ जनालाई प्रहरीले फेला पारेर परिवारको जिम्मा लगाएको भए पनि ८९ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नारायणी नदीमा हामफाल्ने घटना, घर फर्किएपछि प्रहरीलाई जानकारी नदिने तथा सम्पर्क नम्बर परिवर्तन हुनेजस्ता कारणले बेपत्ताको सूची बढ्ने गरेको छ। पछिल्ला तीन आर्थिक वर्षयता बेपत्ता हुनेको संख्या निरन्तर बढिरहेको छ। यसैबीच, गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदनमध्ये ३०५ वटा मिलापत्र भएका, ७१ मुद्दा अदालतमा दर्ता भएका र पाँच निवेदन छलफलमै रहेका छन्। सोही अवधिमा २,३०५ ठाडा उजुरीमध्ये २,१०८ वटा मिलापत्र भई १९७ उजुरीको फर्छ्योट हुन बाँकी रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार