बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ


सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा कार खसेको सूचना आएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार कार नदीमा खसेको जानकारी पाएपछि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। प्रारम्भिक सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ। कारमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन भने नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बरसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार