एलपी ग्यास अभाव रोक्न नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

एलपी ग्यास अभाव रोक्न नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

नेपाल आयल निगमले उपभोक्तालाई एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरी आजदेखि सञ्चालनमा ल्याएको छ। मन्त्रालय, निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित यस टोलीले देशका कुनै पनि स्थानमा ग्यास अभाव वा वितरणमा समस्या देखिएमा तत्काल समन्वय गरेर समाधान गर्नेछ। निगमका अनुसार हटलाइन नम्बर ०१–५९७१९०२ मा कार्यालय समयभित्र प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार