काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।राष्ट्रपति पौडेल नुवाकोट पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापना लगायतका विषयमा जानकारी लिए।त्यसक्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्।