काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर आदिवासी जनजाति समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। लामा यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए।