काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रीता खनालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खनालले मंगलबार महिला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। मकवानपुरकी खनाल लामो समयदेखि ट्रेड युनियन कांग्रेसमा क्रियाशील रहँदै आएकी छन्।