• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन्। महरले आफूले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए। उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको स्पष्ट पारे। कांग्रेसभित्र विभाजित विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई थप एकताबद्ध र बलियो बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको महरले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार