काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर पौडेलले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। पौडेल यसअघि विशेष महाधिवेशनबाट समेत महामन्त्री पदमा चयन भएका थिए।