वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र अपराह्न ४ बजेबाट सुरु

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र अपराह्न ४ बजेबाट सुरु

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र काठमाडौँमा अपराह्न ४ बजेबाट सुरु भएको छ। बिहान साढे १० बजेका लागि बोलाइएको बन्दसत्र वर्षाका कारण स्थगित गरिएको थियो। कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षा रोकिएपछि बन्दसत्र पुनः सुरु गरिएको हो। बन्दसत्रलाई केही बेरमा पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार