शनिबारदेखि मौसममा सुधार आउने

शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौं । देशका केही स्थानमा भइरहेको वर्षा शुक्रबारसम्म जारी रहने भए पनि शनिबारदेखि मौसममा क्रमशः सुधार आउने भएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा वर्षा भइरहेको छ। उनका अनुसार शुक्रबार दिउँसोसम्म वर्षाको सम्भावना रहे पनि शनिबारदेखि मौसममा क्रमशः सुधार आउनेछ। आज पनि देशका विभिन्न स्थानमा वर्षा भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार