नेप्से ६.३८ अंकले घट्यो, कारोबार रकम बढेर ३ अर्ब ७४ करोड पुग्यो

नेप्से ६.३८ अंकले घट्यो, कारोबार रकम बढेर ३ अर्ब ७४ करोड पुग्यो

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंकले घटेर २ हजार ५७२ अंकमा कायम भएको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको हो।

बुधबार कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। समूहगत परिसूचकतर्फ बैंकिङ समूहबाहेक सबै समूह घटेका छन्। बैंकिङ समूह ०.०८ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक ०.०७ प्रतिशत, फाइनान्स ०.०९ प्रतिशत, होटल तथा पर्यटन ०.०६ प्रतिशत, जलविद्युत् ०.०३ प्रतिशत, लगानी ०.५५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.३९ प्रतिशत, निर्जीवन बीमा ०.६० प्रतिशत र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन्।

बुधबार घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ। इङवा हाइड्रोपावर ४.८५ प्रतिशत, सानिमा मिडिल तमोर ३.६६ प्रतिशत र नेपाल इन्स्योरेन्स २.९९ प्रतिशतले बढेका छन्। यता सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ३.६४ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ३.४२ प्रतिशत र माथिल्लो मैलुङखोला ३.३७ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार