लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत

लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत

काठमाडौं, २५ असोज। लामो रस्साकस्सीपछि अन्ततः सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत भएको छ। आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन्। यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको समस्याका कारण पारित हुन सकेको थिएन। त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नयाँ सरकार गठन भएपछि पनि गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यहरूबीच बजेटमा सहमति जुट्न नसक्दा प्रदेश सरकार लामो समय बजेटविहीन अवस्थामा रह्यो। चालु आर्थिक वर्ष सुरु भएको करिब तीन महिना बित्न लाग्दा बल्ल प्रदेशसभामा बजेट प्रस्तुत भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार