कांग्रेस महाधिवेशनमा अन्य पदको मतगणना पनि सुरु हुँदै

कांग्रेस महाधिवेशनमा अन्य पदको मतगणना पनि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा विभिन्न कलस्टरका सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना पनि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना गरिनेछ। त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना सुरु हुनेछ। पार्टीको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा सहमहामन्त्री पदका उम्मेदवारले बढीमा दुई जना प्रतिनिधि राख्न पाउनेछन् भने केन्द्रीय सदस्य पदका उम्मेदवार स्वयं मात्र उपस्थित हुन पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार