बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पुल भाँचियो, बेलिब्रिज निर्माणको तयारी

बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पुल भाँचियो, बेलिब्रिज निर्माणको तयारी

२६ असोज, आरुघाट । गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले भाँचिएको छ। पुलका तीन स्पानमध्ये एक भाग भाँचिएर बगेपछि उक्त क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ। सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ। अहिले सेनाले डोजरको सहायताले पुल आसपासमा थुप्रिएको लेदो पन्छाउँदै निर्माणस्थल तयार पारिरहेको छ। बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौँडाबाट आवश्यक सामग्री ल्याउने काम भइरहेको छ। नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माण सामग्री आइपुगेपछि बेलिब्रिज जडानको काम सुरु गरिनेछ। सेनाको टोलीले आइतबार नै पुल रहेको स्थानको निरीक्षण गरिसकेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार