• २०८३ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

दसैँ बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निगमका डिपो खुला रहने

दसैँ बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निगमका डिपो खुला रहने

काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यकताअनुसार आफ्ना प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू खुला राख्ने भएको छ। निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बिदाको समयमा उपभोक्तालाई इन्धनको अभाव हुन नदिन डिपो सञ्चालनको तालिका सार्वजनिक गरेको हो। साथै, बिदाका बेला इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल समाधानका लागि निगमका केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। पेट्रोल तथा डिजेलसम्बन्धी समस्याका लागि नवराज पोखरेल (९८४१४८०२०७) र एलपी ग्यास तथा हवाई इन्धनसम्बन्धी समस्याका लागि सञ्जीव सङ्ग्रौला (९८४१४३३६०४) लाई सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार