• २०८२ मङ्सिर १९ गते बिहिवार
  • Preeti To Unicode

नेपाल शिक्षक महासंघ र सरकार बीच वार्ता, आन्दोलन जारी राख्ने निर्णय


काठमाडौं – नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ ५ बजे वार्ता हुने जानकारी प्राप्त भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई उक्त वार्तामा बोलाएको हो। यसअघि महासंघले अघिल्लो प्रयासमा वार्ता गरेका थिएनन्, तर आजको वार्तामा सहभागी हुने निर्णय गरिएको छ।

शिक्षक महासंघले शिक्षा विधेयकमा छलफल गर्न र ऐन जारी गर्नका लागि तीन विकल्प प्रस्तुत गरेको छ:

  1. संसदको विशेष अधिवेशन बोलाउने,

  2. बर्खे अधिवेशन छिटो बोलाउने,

  3. अध्यादेशबाट ऐन जारी गर्ने।

यसैबीच, शिक्षक महासंघले आफ्नो आन्दोलनलाई आज पनि जारी राखेका छन्। उनीहरूले काठमाडौंको माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक कब्जा गरेर प्रदर्शन गरिरहेका छन्। आन्दोलनका क्रममा शिक्षक र प्रहरी बीच धकेलाधकेलको स्थिति पनि सिर्जना भएको थियो, जब शिक्षकहरूले तीन वटै लेन कब्जा गर्ने प्रयास गरेका थिए।

आजको वार्ता र शिक्षक महासंघका मागका बीचको छलफलले आगामी दिनहरूमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने अपेक्षासमेत गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार