• २०८२ कार्तिक ११ गते सोमवार
  • Preeti To Unicode

टोखामा २५ करोडको युरो र डलर बरामद, ट्रक चालक पक्राउ


काठमाडौं – काठमाडौँको टोखा क्षेत्रबाट २५ करोड बराबरको युरो र डलर बरामद भएको छ। उक्त रकमसहित ट्रक चालक कुसाङ लामा (फुच्चे) पक्राउ परेका छन् र उनलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले ट्रक चालक कुसाङ लामा (फुच्चे)लाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका छन्।

बरामद गरिएको रकमको मालिक, सिन्धुपाल्चोकका नारायण पौडेल फरार रहेका छन्। कुसाङ लामा र नारायण पौडेलले २५ करोड बराबरको युरो र डलर बोकेर सुन किन्ने उद्देश्यले केरुङ जान लागेको बुझिएको छ।

यस प्रकरणमा ट्रक चालक कुसाङ लामा र रकमका मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरीले पक्राउ परेका ट्रक चालक कुसाङ लामाबाट अन्य महत्वपूर्ण जानकारी संकलन गर्दैछ र फरार रहेका नारायण पौडेलको खोजी जारी राखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार