• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode

कैलालीमा २१ वर्षीया युवतीमाथि बलात्कार, पीडितकै घरमै घटना, आरोपी पक्राउ


काठमाडौँ — कैलालीमा एक २१ वर्षीया युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। युवती आफ्नै घरमा एक्लै बसिरहेकी बेला उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घटनामा सोही गाउँपालिका–३ का २१ वर्षीय सन्जु दमाई संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित दमाईले पीडितकै घरको माथिल्लो तलामा बलात्कार गरेको बताइएको छ।

पीडित पक्षले तत्कालै प्रहरीमा उजुरी दिएपछि प्रहरीले दमाईलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण गरिसकिएको छ भने आवश्यक कानुनी प्रक्रिया पनि अगाडि बढाइएको छ।
घटनाले स्थानीय समुदायमा ठूलो प्रतिक्रिया र आक्रोश सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार