• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँले सस्तो


काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. १,८४,१०० पुगेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) यो मूल्य रु. १,८३,५०० रहेको थियो। यस अनुसार सुनको मूल्य प्रतितोला रु. ६०० ले वृद्धि भएको हो। तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा बढेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला रु. १,९३० रहेको चाँदी आइतबार रु. १,९१० मा झरेको छ। यस अनुसार चाँदीको मूल्य रु. २० ले घटेको हो।

महासंघका अनुसार सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्य, अमेरिकी डलरको विनिमयदरआन्तरिक माग–आपूर्ति को आधारमा दैनिक रूपमा समायोजन गरिन्छ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार