काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। रिट सोमबार ‘घ’ नम्बरको पेसीमा तोकिएको छ।
यसअघि सो रिट पाँचपटकसम्म ‘हेर्न नमिल्ने’ इजलासमा परेको थियो। आइतबारमात्र रिट हेर्न मिल्ने इजलासमा परेको हो।
हाल लामिछाने भैरहवा कारागारमा थुनामा छन्। उनीमाथि सहकारी ठगी, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणसम्बन्धी गम्भीर आरोप लागेको छ। उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।