काठमाडौं — पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मंगलबारदेखि सुरु भएको सुनुवाइ संवैधानिक इजलासको कारण बुधबार स्थगित गरिएको थियो।
सुनुवाइ संवैधानिक इजलासका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले निरन्तरता दिनेछ। निवेदन पूर्वमन्त्री लामिछानेकी पत्नी निकिता पौडेलले दर्ता गरेकी हुन्, जसमा पूर्वमन्त्रीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् र हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।