रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुर गाउँमा गएराति दुई समूहबीच झडप हुँदा पेस्तोलसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडपमा एक जना घाइते भएका छन् भने उनको अवस्था सामान्य रहेको बताइएको छ।
पक्राउ परेका युवाहरूको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार, झडप नियन्त्रणमा लिन समयमै कारबाही गरेपछि थप झडप फैलिन सकिन।
प्रहरीले घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान जारी राखेको छ।