काठमाडौँ — आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर नयाँ मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ रहेको थियो।
यसैबीच, चाँदीको मूल्य भने स्थिर रह्यो र तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत शुक्रबारको मूल्यकै अनुरूप हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार काठमाडौँमा सुनचाँदीको बजार यस्तै रहेको जनाएको छ।