प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण चैत १२ गते, सिंहदरबारमा हुने

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण चैत १२ गते, सिंहदरबारमा हुने

काठमाडौँ —प्रतिनिधि सभा सदस्यहरूको शपथ चैत्र १२ गते, बिहीबार, दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। संघीय संसद् सचिवालयले सबै निर्वाचित सदस्यलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई पासपोर्ट साइज फोटो साथमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ। सदस्यहरूले निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पोशाकमा उपस्थित हुनुपर्दछ। नेपाली भाषा बाहेक मातृभाषामा शपथ लिन चाहनेहरूले अनुवादित शपथ कार्यक्रमको तीन दिन अगावै सचिवालयमा बुझाउनु पर्नेछ।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार