काठमाडौँमा –आइतबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १२,५०० रुपैयाँले घटेर २,८२,००० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २,९४,५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४,५४० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ४,८९५ रुपैयाँमा किनबेच भएको थियो।