• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार