ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ जना घाइते

ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ जना घाइते

ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा आइतबार बिहान पर्खाल भत्किँदा दुखद घटना भएको छ। सो घटनामा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का गम्भीर घाइते भइ मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी छन्। यस घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरू हुन्—रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पतालमा रिफर गरिएको छ। घटना स्थलमा सुरक्षा व्यवस्थाको कमी भएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार