सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपालमा सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौं – नेपाल सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चाल्दै छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा सात हजारभन्दा बढी अवैध सट्टेबाजी एप र वेबसाइट बन्द गरेको छ।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासा प्राप्त भएपछि ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार, सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो।

कानूनी आधार अनुसार:

  • मुलुकी अपराध संहिता, २०७४ (दफा १२५ उपदफा ४): सट्टेबाजी गर्न वा गराउन पाइँदैन; उल्लङ्घनमा रकम जफत, १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना।
  • विज्ञापन (नियमन गर्ने) ऐन, २०६६: अनुमति नलिएका जुवा प्रवर्द्धन गर्ने विज्ञापन निषेध; उल्लङ्घनमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना।

सरकारले नागरिकहरूलाई अवैध सट्टेबाजी एप/वेबसाइट प्रयोग नगर्न, र शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी सम्बन्धित निकायमा दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार