• २०८३ जेष्ठ २१ गते बिहिवार
  • Preeti To Unicode

रोल्पामा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पामा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–२, व्याङखोला मा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठ का अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो। मृतकहरूको सनाखत हुन बाँकी रहेको तथा गाडी नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको खबर बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँ बाट प्रहरी टोली घटनास्थलमा खटिएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार