कोशी प्रदेशसभामा पहिलो पटक सांकेतिक भाषा प्रयोग

कोशी प्रदेशसभामा पहिलो पटक सांकेतिक भाषा प्रयोग

विराटनगर । कोशी प्रदेशसभामा पहिलो पटक सांकेतिक भाषाको प्रयोग गरिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा सोमबार प्रदेशसभामा सांकेतिक भाषाको व्यवस्था गरिएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरिरहँदा सांकेतिक भाषाका दोभाषेले त्यसको व्याख्या गरेका थिए । प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेशसभामा सांकेतिक भाषा प्रयोग गरिएको यो पहिलो अवसर हो । समावेशीतालाई आत्मसात गर्दै यस्तो अभ्यास सुरु गरिएको उनले बताए । प्रतिनिधिसभामा नियमित रूपमा सांकेतिक भाषा प्रयोग हुँदै आएको भए पनि प्रदेश तहमा भने यो अभ्यासले बिस्तारै प्राथमिकता पाउन थालेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार