• २०८३ असार १२ गते शुक्रवार
  • Preeti To Unicode

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुर । भक्तपुर जिल्लाका चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि हालसम्म ४८ हजार १७३ कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण–२, ८ र ९ का फार्ममा रहेका ३८ हजार ७९५ तथा सूर्यविनायक–१, ४ र ८ का फार्ममा रहेका ९ हजार ३७८ कुखुरा नष्ट गरिएको हो। बर्डफ्लू संक्रमण पुष्टि भएका फार्ममा रोगको थप फैलावट रोक्न प्रभावित सबै कुखुरा नष्ट गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार