डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला

डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको छ। स्थानीयवासीले बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगेपछि मात्रै शवको पहिचान खुल्ने र घटनाको कारणबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार