वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी बन्द

वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी बन्द

चितवन । वर्षायामका कारण पर्यटकको सुरक्षा र वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा भलबाढी आउने, रुख ढलेर वनपथ अवरुद्ध हुने, कच्ची सडक बिग्रिने तथा वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि उपयुक्त समय हुने भएकाले सफारी स्थगित गरिएको हो। निकुञ्जले हरेक वर्ष वर्षायाममा सफारी बन्द गर्ने परम्परा रहेको र मौसमको अवस्था अनुकूल भएपछि प्रायः दसैँ आसपासबाट पुनः सञ्चालन गरिने जनाएको छ। यद्यपि निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने नियमित रूपमा जारी रहने बताइएको छ। सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न स्थानबाट पर्यटक बोकेका जीपहरू निकुञ्ज प्रवेश गर्दै आएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार