निष्क्रिय उद्योगको लिज रद्द, धरान औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई स्थान

निष्क्रिय उद्योगको लिज रद्द, धरान औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई स्थान

सुनसरीस्थित धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि उत्पादन नगरी सरकारी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कानुनी प्रक्रिया पूरा गर्दै निष्क्रिय उद्योगहरूलाई हटाएर उत्पादनमुखी नयाँ उद्योगहरूलाई स्थान दिइएको हो। कार्यालय प्रमुख जीवनारायण बन्जाडेका अनुसार नेपाल न्यून नेटवर्क प्रालि, शुभम् वाटर इन्डस्ट्रिज प्रालि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज प्रालि र कमना मल्टिफोर्ड इन्डस्ट्रिज प्रालिको लिज सम्झौता रद्द गरिएको छ। ती उद्योगको स्थानमा प्रिती भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, जिडी स्टिल इन्डस्ट्रिज प्रालि, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स प्रालि र सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिलाई स्थान दिइएको उनले जानकारी दिए। उनका अनुसार सरकारी जग्गाको प्रभावकारी उपयोग गर्दै औद्योगिक उत्पादन र आर्थिक गतिविधि बढाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार