• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको घुइँचो

कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको घुइँचो

काठमाडौँ । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको दिन ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रूपमा श्रद्धा र आदरपूर्वक मनाइँदैछ। यस अवसरमा छोराछोरीले आफ्ना जीवित बुवालाई मनपर्ने मिठा परिकार, फलफूल तथा मिठाई खुवाउनुका साथै नयाँ वस्त्रलगायतका उपहार दिएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने परम्परा छ। बुवाको आशीर्वाद पाए सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका कारण कामको सिलसिलामा घरबाट टाढा रहेका सन्तानसमेत आज समय निकालेर बुवाको मुख हेर्न घर पुग्ने गर्छन्। बुवा दिवंगत भइसकेकाहरू भने आज विभिन्न पवित्र तीर्थस्थलमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण तथा दानपुण्य गर्ने गर्छन्। यसै अवसरमा काठमाडौँको उत्तरपूर्वमा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको बाक्लो घुइँचो लागेको छ। त्यस्तै, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका र बराहक्षेत्रलगायतका तीर्थस्थलमा पनि स्नान गरी पितृको उद्धारको कामना गर्ने श्रद्धालुको भीड लागेको छ। दिवंगत बुवाको सम्झनामा गोकर्णेश्वरमा स्नान, श्राद्ध तथा तर्पण गरिरहेका श्रद्धालुका भावपूर्ण दृश्य क्यामेरामा कैद गरिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार