सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला २ लाख ९१ हजार ९ सय

सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला २ लाख ९१ हजार ९ सय

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार