कृष्णकुमारी बस्नेतद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कृष्णकुमारी बस्नेतद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष बस्नेतले राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर तथा कानुनमा स्नातक (बीए एलएलबी) गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्यसमेत हुन्। कांग्रेसभित्र भद्र, शालीन र इमानदार नेतृका रूपमा परिचित बस्नेतको युवा पुस्तामाझ समेत प्रभाव रहेको कांग्रेसका नेताहरू बताउँछन्। पार्टीको केन्द्रीय नेतृत्वमा रहेर आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभवलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार