काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज सोमबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित कामकारबाहीसँगै विभिन्न समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।