काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा प्रतिमा गौतमले उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर गौतमले महिला क्लस्टरतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। कांग्रेसको विधानअनुसार मनोनीतसहित १५ जना सहमहामन्त्री रहने व्यवस्था छ।