काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि आवश्यक अध्यादेश ल्याउने विषयमा छलफल हुने बताइएको छ । एक मन्त्रीका अनुसार उक्त विषयमा बैठकले आवश्यक निर्णयसमेत गर्न सक्नेछ ।