काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ। आज दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको भए पनि मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान समय सरेको हो। ज्येष्ठ मतदाता को हुने भन्ने यकिन भइनसकेको र त्यसको टुंगो लगाउने काम निर्वाचन समितिले गरिरहेको कटुवालले बताए।