भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्। आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छन्। पार्टीबाट निष्कासन भएपछि आफूले उपप्रमुखको पदमा रहिरहन उचित नठानेर राजीनामा दिएको उनको भनाइ छ।
यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले उनलाई कारबाही गरेको थियो। पार्टीको कारबाहीपछि प्रधानले पनि आफ्नो वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन्।