काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ। निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसो १ बजेदेखि मतदान सुरु हुने भएको छ।
मतदानको समय नजिकिँदै गर्दा उम्मेदवार तथा उनीहरूका समर्थक र कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन्। महाधिवेशनस्थलमा उम्मेदवार र कार्यकर्ताको चहलपहल बढेको छ भने प्रतिनिधिहरू पनि मतदानका लागि तयारीमा जुटेका छन्।