गोरखाको बुढीगण्डकीमा बाढी : पाँच जना सम्पर्कविहीन, खोजी कार्य जारी

गोरखाको बुढीगण्डकीमा बाढी : पाँच जना सम्पर्कविहीन, खोजी कार्य जारी

गोरखा को बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका–६, चुन्तेत घर भएका पाँच जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सिरिङ्गे हिमालको फेदीमा भेडीगोठमा बस्दै आएका ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा सम्पर्कविहीन भएका हुन्। पहिरोले उइनगुलुङ खोलाको बहाव थुनिएपछि बनेको ड्याम फुटेर बाढी बुढीगण्डकीमा मिसिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा पुगेर उनीहरूको खोजी कार्यमा जुटेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार