दसैँ नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, उपभोक्ता घण्टौँ लाइनमा

दसैँ नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँ। दसैँ नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। काठमाडौँको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन्। उपभोक्ताहरूले समयमा ग्यास नपाएको, कतिपयले महिनौँदेखि खाली सिलिन्डर लिएर ग्यासको प्रतीक्षा गरिरहेको तथा केही ग्यास पसल बन्द रहेको गुनासो गरेका छन्। सिफलमा राति खाली सिलिन्डर बाहिर राखेबापत ५० रुपैयाँसमेत तिर्नुपरेको उपभोक्ताहरूको भनाइ छ। दसैँका बेला ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय ग्यास उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार