काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। काठमान्डुका कप्तान करण केसीले अहिलेको खेल अवस्थालाई हेर्दा लक्ष्य पछ्याउनुभन्दा विपक्षी टोलीलाई राम्रो लक्ष्य दिन सहज हुने विश्वासका साथ पहिले ब्याटिङ रोजेको बताए। काठमान्डु गोर्खाजले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ भने जनकपुर बोल्ट्स यसअघिको खेलमा पराजित भएकाले पहिलो जितको खोजीमा मैदानमा उत्रिएको छ।